एसिया कप: भारतले टस जितेर ब्याटिङ गर्दै
काठमाडाैं | भदौ १६, २०८०
काठमाडौं: भारतले एसिया कपमा पाकिस्तानविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ । श्रीलंकाको पालेकेले क्रिकेट स्टेडियममा भर्खर सम्पन्न टसमा भारतका कप्तान रोहित शर्माले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् ।
पाकिस्तानले पहिलो खेलमा नेपाललाई २ सय ३८ रनले हराएको थियो । भारतको यो पहिलो खेल हो । भारतले समूह चरणको अन्तिम खेल सोमबार नेपालसँग खेल्नेछ । पाकिस्तान यस खेलमा विजयी हुँदा वा कुनै कारण रद्द भएमा पनि सुपर फोरमा पुग्नेछ । पराजित भएमा भने नेपाल र भारतबीचको नतिजाले निर्धारण गर्नेछ ।
एजेन्सीको सहयोगमा
काठमाडौं: पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँ र त्यति नै ...
पोखरा: सामाजिक क्षेत्रमा क्रियाशिल युनाइटेड क्लबको आयोजनामा यही पौष २९ गतेदेखि १४ औं संस्करणको पोखरा महोत्सवको आयोजना हुने भएको छ । उक्त महोत्सव माघ ११ गतेसम्म चल्ने आज आयोजित ...
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारलाई सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने स्पष्ट कार्यादेश दिइएको बताउँदै त्यसतर्फ सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताउनुभएको छ। ...

